पूर्वखाेलामा लाेकसेवा आयोगको तयारी कक्षा संचालन
अमृत अधिकारी || २० चैत्र २०७५,बुधबार १४:३१
डिल्लीराज पंगेनी पाल्पा, २० चैत । पूर्वखोलामा २ महिना लोकसेवा आयोगको तयारी कक्षा संचालन बुधबारबाट सुरु भएको छ । गाउँपालिकाले गाउँमा रोजगारीको सुनिश्चित गर्न पूर्वखोलामा लाेक सेवा आयाेगकाे तयारी कक्षा सुरू भएकाे हाे ।
गाउँपालिकाकाे आर्थिक सहयाेगमा लोकसेवा अन्तर्गत खरिदार स्तरको कक्षा संचालन गरिएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले टेलिफोनमार्फत जानकारी दिनुभएकाे छ ।
गाउँपालिकाकी उपाध्यक्ष भागरथी भट्टराइले उद्घाटन गर्नुहुँदै पढेर लोकसेवामा समेत नाम निकाल्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष निलकन्ठ भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमकाे संचालन बाल प्रसाद श्रेष्ठले गर्नुभएकाे थियाे ।
पूर्वखोलास्थित उद्ध्बुद्ध कलेजका प्रमुख सुशील न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका याेग्यता पुगेकाहरू सहभागी छन् । तयारी कक्षा जेठ २० गतेसम्म दिनको २ घण्टा साझ ४-६ बजेसम्म संचालन हुनेछ ।