X

सहकारी दिवसमा जल्पामा संचालित तीन सहकारीबीच अन्तरक्रिया

अमृत अधिकारी || २० चैत्र २०७५,बुधबार १२:५७

रानीमहल पाल्पा, २० चैत । पाल्पाको पूर्वखोला गाउँपालिका-२, जल्पामा ६२ औँ सहकारी दिवस २०७५ को अवसरमा वडामा संचालित सहकारीहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

पूर्वखोला गाउँपालिकाको सहयोगमा जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था, जल्पादेवी महिला बचत तथा ऋण सहकारी संस्था र शुभ सन्देश महिला कृषि सहकारी संस्था बीच अन्र्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वखोला गाउँपालिका २ जल्पाका वडा अध्यक्ष नीर बहादुर सारुले सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिकाका कार्यपालिका सदस्य राजु परियार, जनसेवा स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक भीम बहादुर जर्घा, शुभ सन्देश महिला समुहकी अध्यक्ष चन्द्री सरा सारु, गंग बहादुर बारघरे, भीम बहादुर सारु लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा सहकारीले दिदै आएको सेवा सुविधा, सेवा प्रवाह, लगानीका क्षेत्र, आगामी योजना तथा सहकारीहरु बीचको सहकार्यका विषयमा छलफल भएको थियो ।

जनसेवा स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्र बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन व्यवस्थापक वेदप्रसाद बस्यालले गर्नु भएको थियो ।

जल्पामा संचालित सहकारी संस्थाले बाख्रा, कुखुरा, बंगुर पालन, व्यवसायिक तरकारी खेती, कृषि क्षेत्रको बजारीकरण, संकलन केन्द्र स्थापन, सिलाई कटाई, हस्तकला लगायतका कृषि तथा उद्यमशील क्षेत्रमा लगानी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys