X

राष्ट्रिय सहकारी दिवसको अवसरमा तानसेनमा सरसफाई

अमृत अधिकारी || २० चैत्र २०७५,बुधबार ०९:४३

रानीमहल पाल्पा, २० चैत । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा तानसेनस्थित समृद्ध बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा र तानसेन नगरपालिकाको सहयोग तानसेन बजार क्षेत्र भित्र सरसफाई गरेको छ ।

सहकारी सदस्यहरु घर घरमा मुखमा मास, हातमा सेता पञ्जा र फोहोर बोक्ने बोरा बोकेर फोहोर नगरौं, सफा र सुन्दर पाल्पा बनाउनका लागि सरसफाई गर्न उत्प्रेरणा जगाउँदै सरसफाई अभियानमा जुटेका हुन् ।

सहकारी संस्थाको कार्यालय तानसेनको अनसनटोलदेखि, बसपार्क, टुडिखेल, असनटोल, नारायणस्थान, शितलपाटी, बैक रोड, ठाडो गल्ली सहकारीका सदस्यहरुले सरसफाई गरेको हुन् ।

राष्टिय सहकारी दिवसको अवसरमा तानसेनको आन्दोलनचोकमा तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले सडक सरसफाई कार्यक्रमका सुरुवात गर्नुभयो ।

समृद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर नेपालीको अगुवाई तानसेन बजार सरसफाई गरिएको हो ।

सहकारीको सात सिद्धान्तमध्य एक समुदायको चासो रहेकोले आफ्नो घरपरिवार वरपर सरसफाई गरिएको व्यवस्थापक सुमन विश्वकर्माले बताउनुभयो । आफ्नो घर वरपर सरसफाइ गरौं भन्ने अपिल सहित सहकारी सरसफाई अभियान सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys