X

बिवाह गर्नुपर्ने दबावलाई स्वीकार्न नसकेपछि महिलाकाे हत्या

अमृत अधिकारी || २० चैत्र २०७५,बुधबार ०९:३०

रानीमहल पाल्पा, २० चैत । बिवाह गर्न पटक–पटकको दबावलाई स्वीकार्न नसकेपछि पाल्पा रिब्दीकोट–५, नयाँटोला बस्ने एक जना एकल महिलाको हत्या भएको छ ।

नयाँटोला बस्ने ४६ वर्षका नुरबहादुर विश्वकर्माले बिवाह गर्न दिएको दबाव स्वीकार गर्न नसक्दा छिमेकी ५० वर्षकी ओमकुमारी घर्तीको हत्या गरेका हुन् ।

विगत दुई वर्षदेखि अनैतिक सम्बन्ध राखेपछि मृतक घर्तीले हत्या आरोपी विकलाई बिवाह गर्न पटक–पटक दवाव दिएको र आफूले दबाव स्वीकार गर्न नसकी हत्या गरेको विकले स्वीकार गरेका छन् ।

गत फागुन २४ गते हराएकी घर्तीको सोही दिन विकले हत्या गरेर लाश घरबाट नजिकै ज्योतिशटोलमा फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।

जङ्गलमा फालिएको लाश गत फागुन ३० गतेमात्र दुर्गन्धित अवस्थामा फेला परेपछि प्रहरीले भवितव्य मृत्यु भनेर अनुसन्धान गरेको थियो । तर मृतकको मोबाइलको फोन डिटेलको आधारमा अनुसन्धान मोडिएको एसपी पोखरेलले बताउनुभयो ।

दुबैको बीचमा शारिरीक सम्बन्ध रहेपछि महिलाले बिवाह गर्न दबाव दिएको र फागुन २४ गते बिहान दुबै जना मिलेर भाग्ने योजनाका साथ उनीहरू घरबाट निस्किएका थिए । तर विकले घर नजिकैको खोलामा आएपछि घर्तीको टाउकोमा रड प्रहर गरेर हत्या गरेको स्वीकार गरेका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको र हत्या आरोपीलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत मुद्दा चलाउने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । घटनास्थलबाट प्रहरीले रडक, मृतकको शल, झोला, पानीको बोत्तललगायतका सामग्री बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys