बेलायत र हङ्गकङ्गका नेपालीबाट मृगौला पीडितलाई सहयोग
अमृत अधिकारी || २० चैत्र २०७५,बुधबार ०३:४३
दिलबहादुर गाहा पाल्पा, २० चैत । सत्यवती रुपन्देही सम्पर्क समाज मार्फत रैनादेवी छहरा ८ बस्ने मृगौला पीडित तिलकुमारी गाहालाई आर्थिक सहयोग गरेको छ ।
लामो समयदेखि मृगौला रोगले पीडित गाहाको उपचारको आर्थिक अभाव भएपछि साविक बल्ढेंगढी गाविसमा जन्म भई हाल बेलायतमा बसोवास गर्ने बेलायती भूपू सैनिक भोजबहादुर लम्तरीको विशेष पहलमा २ लाख १२ हजार ७ सय ३७ र साविक सत्यवती गाविस जन्मभई हङ्गकङ्ग निवासी झविन्द्री थापाको पहलमा रु २५ हजार गरी २ लाख ३७ हजार ७ सय ३७ रुपैंया पीडितका आफन्तलाई हस्तान्तरण गरिएको हो ।
समाजका अध्यक्ष खड्क राना र भोजबहादुर लम्तरीका पिता जेनबहादुर लम्तरीले संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । विदेशमा रहेका नेपालीहरुसँग सहयोग रकम संकलन गरी पीडितलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग गर्ने सम्पूर्णमा समाजका अध्यक्ष रानाले धन्यवाद सहित आगामि दिनमा पनि सहयोगको लागि अपिल गर्नुभयो ।