X
0
Shares

तानसेनकाे कपास उद्याेगमा आगलागी हुँदा लाखाैँकाे क्षति

अमृत अधिकारी || १९ चैत्र २०७५,मंगलवार १६:१५

रानीमहल पाल्पा, १९ चैत । तानसेन नगरपालिका–७, काजीपौवामा रहेको भगवती कपास उद्योगमा मंगलबार आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

मङ्गलबार बिहान १० बजेतिर उद्योगमा विद्युत् शट भएर एक्कासी आगलागी हुँदा १५ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कपास पोलिरहेको अबस्थामा बिद्युत सट भएर आगलागी भएको उद्योगका सञ्चालक अजय चौधरीले बताउनुभयो । आगलागी स्थानीय, नेपाली सेना, जनपथ तथा ससस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट उद्योगमा रहेका कच्चा सामग्री, उद्योगका मेसिन तथा अन्य आवश्यक सबै सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो ।

तानसेन नगरपालिकाको ४ हजार लिटर क्षमताको दमकलमा जम्मा १ हजार लिटर मात्रै पानी भएका कारण आगोलागी तत्काल नियन्त्रण गर्न समस्या भएको थियो । बिहान लागेको आगो दिउँशो २ बजेपछि मात्र नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys