X
0
Shares

अनिश्चित पाल्पा बन्द फिर्ता लिएर पाल्पा उवासंघ पछि हट्याे !

अमृत अधिकारी || १८ चैत्र २०७५,सोमबार १५:१५

रानीमहल पाल्पा, १८ चैत । अनिश्चितकालिन पाल्पा बन्दकाे घाेषणा गरेकाे पाल्पा उद्याेग वाणिज्य संघ अन्तत: आफ्नाे पूर्व निर्धारित पाल्पा बन्दकाे घाेषणाबाट पछि हटेकाे छ ।

आफ्ना उपाध्यक्ष र सदस्यहरू रिहाइ नभएसम्म बन्द फिर्ता नलिने भन्दै पाल्पा बन्दकाे घाेषणा गरेकाे संघले आफ्ना सदस्य रिहा नभएपनि व्यापारी र सराेकारवाला निकायकाे दबावपछि आजैका मितिदेखि लागु हुने गरी बन्दका कार्यक्रम स्थगन गरेकाे जनाएकाे छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालमाथि आक्रमण र पत्रकार बिजय बाैडेलमाथि हातपात भएपछि प्रहरीले तानसेनका तीन जना व्यापारीलाइ गत शुक्रबार पक्राउ गरेकाे थियाे ।

तानसेनकाे हाेलाङ्दीदेखि ढुंगाखानी सडकखण्डमा केन्द्र भागदेखि १०-१० मिटर सडक चाैडा पार्ने निर्णयका बिरूद्धमा आन्दाेलनमा रहेका व्यक्तिहरूबाट
महासंघका अध्यक्ष अर्याल र पत्रकार बाैडेलमाथि आक्रमण र हातपात भएकाे थियाे । त्यसपछि प्रहरीले संघका उपाध्यक्ष शैलेन्द्र भट्टराइ, मदिरा व्यवसायी लक्षमण रेग्मी र अर्का व्यवसायी बावुराम विष्टलाइ प्रकाउ गरेकाे थियाे ।

त्यसपछि आक्रमण र हातपात गर्ने व्यवसायीलाइ छुटाउन भन्दै पाल्पा उवासंघले हचुवाकाे भरमा पाल्पा बन्द अनिश्चित कालका लागि घाेषणा गरेकाे थियाे । अनाहकमा अनिश्चितकालका लागि बन्द घाेषणा गरेकाे संघलाइ बन्द गर्ने बित्तिकै पाल्पा लगायत देशभरका व्यवसायी, उद्याेगी, राजनीतिक दल, सराेकारवाला निकायले बन्द कार्यक्रम फिर्ता लिन दबाव दिएकाे थियाे ।

तर घटनाकाे सत्यतथ्य नबुझी बलजफ्ती बन्दकाे कार्यक्रम घाेषणा गरेकाे संघले अन्तत बन्दकाे कार्यक्रम फिर्ता लिएर पीडित पत्रकार महासंघ पाल्पा शाखालाइ वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेकाे छ ।

पाल्पा उवासंघले साेमबार बुलुकी विज्ञप्ति जारी गर्दै महासंघका अध्यक्ष र सदस्यमाथि आक्रमण र हातपात हुनु दुखद् भएकाे जनाएकाे छ । साथै संघले बन्दबाट व्यवसायी र सर्वसाधारणमाथि परेकाे असुबिधाप्रति दुःख व्यक्त गरेकाे छ ।

४ दिनकाे बन्दबाट पाल्पाकाे व्यापारमा कराेडाैँकाे नाेक्सान भएकाे छ । सत्यतथ्य नबुझी अनाहकमा बन्द घाेषणा गरेकाे भन्दै स्वयम् तानसेनका सबैजसाे व्यापारी व्यसायी समेत असन्तुष्ट थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys