X

पाल्पामा बाटो खन्ने क्रममा पहिरोले पुरिएर एक जनाको मृत्यु

अमृत अधिकारी || १८ चैत्र २०७५,सोमबार १०:४९

डिल्लीराज पंगेनी पाल्पा, १८ चैत । बाटो खन्ने क्रममा पहिरोले पुरिएर सोमबार एक जना युबकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके जिल्ला बागेश्वरी गाउँपालिका–४, का ४३ वर्षिय भकबहादुर थापा रहेका इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख भुपाल सिंह रानाले जानकारी दिनुभएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत रम्भा पीपलडाँडा–रामपुर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएका घाइते थापाको उपचारका लागि रामपुर अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शब पोष्टमार्टमपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys