X
0
Shares

पत्रकार आक्रमण र हातपात गर्नेलाई सार्वजनिक अपराध मुद्दा

अमृत अधिकारी || १७ चैत्र २०७५,आईतवार १६:२५

रानीमहल पाल्पा, १७ चैत । नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्याल र शाखाका साधारण सदस्य बिजयकुमार बाैडेलमाथि आक्रमण र हातपात गर्ने बिरूद्ध सार्वजनिक अपराध सम्बन्धी मु्द्दा दर्ता भएकाे छ ।

महासंघ अध्यक्ष अर्याल र बाैडेलमाथि आक्रमण र हातपात गर्ने तानसेन ४, सिल्खानटाेलका व्यापारी शैलेन्द्र भट्टराइ, तानसेन लहरेपीपल क्याम्पस अगाडि मदिरा व्यवसाय गर्ने लक्षमण रेग्मी र तानसेकाे मख्खनटाेलमा व्यवसाय गर्ने बावुराम विष्ट बिरूद्ध सार्वजनिक अपराधकाे मु्द्धा प्रहरी प्रशासनमा दर्ता भएकाे हाे ।

पत्रकार महासंघ पाल्पा शाखाकाे तर्फबाट पीडितले प्रहरीसमक्ष किटानी जाहेरी सहित उजुरी दिनुभएकाे हाे । प्रहरीले मुलुकी अपराध संहिता ऐन–२०७४ को दफा ११८ (१) अनुसार पत्काररमाथि आक्रमण गर्ने बिरूद्ध मु्द्धा दर्ता भएकाे जानकारी दिएकाे छ ।

शुक्रबार तानसेन नगरपरिसरमा समाचार संकलनका क्रममा रहेका पत्रकार बाैडेलमाथि हातपात भएकाे र त्यसकाे बारेमा बुझ्न आउने क्रममा महासंघका अध्यक्ष अर्याललाइ आन्दाेलनकारीले याेजनाबद्ध रूपमा आक्रमण गरेका थिए । अर्याललाइ याेजनाबद्ध रूपमा आक्रमणकारीले प्रहर गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

यस्तै पत्रकार बाैडेललाइ शैलेन्द्र भट्टराइ र लक्ष्मण रेग्मीलगायतकाे समूहले हातपात गरेकाे र समाचार नलेख्न धम्की दिएका थिए । तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनकाे हाेलाङ्दीदेखि ढुंगाखानीसम्मकाे सडकमा केन्द्रभाग देखि १०/१० मीटर सडक बिस्तार गर्ने सम्बन्धी समाचार लेखेकाे भन्दै सडक बिस्तार गर्न नहुने भन्दै आन्दाेलनमा रहेका व्यक्तिहरूले पत्रकार अर्याल र बाैडेलमाथि आक्रमण र हातपात गरेका थिए ।

यसैबीच आक्रमणकारी र अभद्र व्यवहार गर्ने व्यवसायीलाइ छुटाउन भन्दै गरिएकाे पाल्पा बन्दले जनजीवन प्रभावित बन्याे । पाल्पा उद्याेग वाणिज्य संघले
तीन जनालाइ बिनासर्त रिहाइ गर्नुपर्ने माग राखेर तानसेन बजार बन्द अनिश्चितकालिन बन्दकाे आह्वान गरेकाे थियाे ।

यद्पी बन्दकाे प्रभाव भने कम परेकाे थियाे । तानसेनका मुख्य बजार बाहेक अन्य क्षेत्रमा बन्दकाे खासै प्रभाव परेकाे थिएन । यता व्यवसायीहरूले भने आक्रमणमा सहभागी दाेषीलाइ संघले बचाउन खाेजेकाे भन्दै नैतिकताकाे प्रश्न उठाएका छन् ।

आफैले पत्रकारमाथि आक्रमण गर्ने र आफैले बन्द गर्नु राम्राे हाेइन एक व्यवसायीले भने । बन्दले आफूहरूकाे व्यवसाय चाैपटमा परेकाे उनीहरूकाे भनाइ छ । संघकाे भने अहिलेपनि आफ्ना व्यवसायी निर्दाेष रहेकाे दावी गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys