X

पाल्पामा एकैदिन दुईजनाले झुण्डी आत्महत्या

अमृत अधिकारी || १७ चैत्र २०७५,आईतवार ०५:५४

रानीमहल पाल्पा, १७ चैत । पाल्पामा आज एकैदिन दुईजनाले झुण्डीएर आत्म हत्या गरेका छन् ।जिल्लाको रैनादेवी छहरा १ भुटक्दीमा एक युवा र माथागढी गाउँपालिका ७ मटेरीमा युवतीले झुण्डिएर आत्महत्या हरेको प्रहरीले जनाएको छ ।

आइतवार विहान अन्दाजी ६ बजेको समयमा रैनादेबी छहरा गाउपािलका, १ भुटुक्दी बस्ने बर्ष ५६ को पदम बहादुर कुमालले आफ्नै घर निजकै दवदवेको रुखमा डोरीको पासो लगाई झुण्डिएर आत्म हत्या गरेका हुन् ।

सो स्थानमा प्रहरी चौकी सर्देवाबाट प्रहरी हवल्दार र जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रहरी निरिक्षक देवराज पौडेलको कमाण्डमा टोली खटिई गएको थप अनुसव्धान काय जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै आइतवार विहान करिब ७ बजेको समयमा नै माथागढी गाउँपालिका ७ मटेरी बस्ने जगत बहादुर पुनको छोरी बर्ष अ. १७ को निर्मला पुन आफ्नै घर निजकै रहेको हर्रोको रुखमा नाइलोको पासो लगाई झूण्डी मृत्यू भएकोमा उक्त स्थानमा प्रहरी चौकी माथाबाट प्रहरी हव्लदार र जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रहरी निरिक्षक बासदेव नेपालको कमाण्डमा टोली खटिई गएको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुवै स्थानमा प्रहरी पुगेर घटनाको मुचुल्का उठाउने र थप अनुसन्धान जारी रहेकोले घटना के कति कारणले भएको भन्ने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys