X
0
Shares

पाल्पामा पत्रकार कुटेको आरोपमा तीन जना पक्राउ

अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १५:०८

रानीमहल पाल्पा, १६ चैत । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल र साधारण सदस्य विजय बौडेललाई कुट्पिट गरेको आरोपमा पाल्पा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले किटानी जाहेरी तथा भिडियो फुटेजको आधारमा स्थानीय शैलेन्द्र भट्टराई, बाबुराम विष्ट र लक्ष्मण रेग्मीलाई शुक्रवार नै पक्राउ गरी हिरासतमा राखी आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख विश्वमणी पोखरेलले बताउनुभयो ।

उनीहरुलाई सार्वजनिक अपराध सम्बन्धि मुद्धा चलाउने तयारी भइरहेको समेत जानकारी दिनुभयो । स्ठानीय केही युवाले समाचार लेखेकै भरमा पत्रकारलाई कुटपिट गरेपछि पाल्पामा त्यसको चौतर्फी विरोध समेत भएको छ । विभिन्न संघ संस्थाले विज्ञप्ती र ध्यानाकर्षण सहित प्रहरी प्रशासनलाई भेटी दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै आएको समूहले पत्रकारलाई तानसेन नगरपालिका हातामा कुट्पिट गरेका थिए ।

पक्राउ परेपछि पाल्पा उद्योग वाणिज्य संघकाे बजार बन्द
पत्रकारलाई कुटेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेपछि पाल्पा उद्योग वाणिज्य संघले शनिवारबाट अनिश्चित कालिन पाल्पा बन्दको घोषणा समेत गरेको छ ।

शुक्रवार नै एक विज्ञप्ती जारी गर्दै संघले प्रहरीले गिरफ्तार गरेका व्यक्तिलाई छुटाउन भन्दै बजार, यातायात सहितको बन्दको कार्यक्रम घोषणा गरेको थियो । हरेक शनिवार पाल्पा सदरमुकाम तानसेको बजार बन्द रहने भएकोले शनिवार पाल्पाको बजार सुनसाननै रहेको भएता पनि ग्रामीण इलाका तथा वाइपासबाट निर्वाध रुपमा सवारी साधनहरु संचालन भएका थिए ।

राजमार्ज तथा ग्रामिण क्षेत्रमा भने संघको बन्दको प्रभाव न्यून रहेको थियो । स्थानीय युवाहरुले भने बन्दको अवज्ञा गर्दै मोटरसाइकल तथा आफ्ना सवारीहरु चलाएका थिए ।

पाल्पाको उद्योगी व्यवसायीको संस्था संघले घटनामा संलग्नलाई छुटाउन लागेको भन्दै संघको व्यापक आलोचना समेत भएको छ । उसले दोषी पत्ता लगाउने र कानुनी कारवाही गर्ने निकाय राज्य संयन्त्रलाई खिल्लि उडाउँदै बन्दको कार्यक्रम गरेपछि स्थानीय स्तरमा समेत त्यसको विरोध सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys