कलराज रेग्मी वर्ष पुरस्कारबाट बज्राचार्य अभिनन्दित
अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १४:४८
रानीमहल पाल्पा, १६ चैत्र । स्वास्थ्य तथा साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार कमलराज रेग्मी वर्ष पुरस्कारबाट पाल्पाली स्वास्थ्यकर्मी एवम् समाजसेवी विश्वमान बज्राचार्य सम्मानित हुनुभएको छ ।
लामो समयदेखि पाल्पाली स्वास्थ्य एवम् समाजसेवामा संलग्न बज्राचार्यलाई २५ हजार नगद, अभिनन्दन पत्र र दोसल्लाबाट अभिनन्दित हुनुभएको हो ।
अभिनन्दन समारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार मेघराज शमाले उहाँलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा विशिष्ट अतिथी प्राडा कमलराज रेग्मी, डा शंकर गैरे, हिमलाल ज्ञवालीबाट मन्तव्य व्यक्त गर्नुहुँदै बज्राचार्यको सामाजिक योगदान बारे चर्चा गर्नुभयो ।
कार्यक्रममा उद्देश्यमाथि भोजराज भट्टराईले प्रष्टाउनु भएको थियो, स्वागत मन्तव्य रोहित ज्ञवाली, सञ्चालन चन्द्रकान्त न्यौपाने र अध्यक्षता पुष्कर अथक रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।