X
0
Shares

श्रीनगर रेडक्रस सर्कलद्वारा सरसफाई र डष्टविन वितरण

अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १४:२५

रानीमहल पाल्पा, १६ चैत । श्रीनगर युवा रेडक्रस सर्कलको आयोजनामा धुवाघाट स्थित चिल्ड्रेन पार्कमा सरसफाई तथा तानसेनका विभिन्न ठाउँमा डस्टविन राख्ने कार्यक्रम भएको छ ।

विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग जुटाएर सुन्दर तानसेन बनाउने अभियान स्वरुप सरसफाई र फोहोर व्यवस्थापनको लागि ४ वटा डष्टविन वितरण गरिएको सर्कलका अध्यक्ष अमनकाजी शाक्यले रानीमहललाई बताउनुभयो ।

कार्यक्रममा तानसेन बहुमुखी क्याम्पस युवा रेडक्रस सर्कलका अध्यक्ष सुवास गैरे, रोज रिसोर्ट प्रालीका प्रबन्धक कर्ण बहादुर कार्कीले तानसेनको विकासको लागि सरसफाइ पनि आवश्यक रहेकोले युवाको पहलमा यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक सचिन सिलवालको संयोजनामा भएको कार्यक्रम अमन काजि शाक्यको अध्यक्षतामा, संचालन युवा सर्कलका सचिव सिन्धु पौडेलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys