पूर्वखोलाको हेक्लाङ्गमा सामुहिक कृषिखेतिले सफलता पाउँदै
अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १३:४६
डिल्लीराज पंगेनी पाल्पा, १६ चैत । यहाँका कृषकलाई गाउपालिकाले प्राथमिकता दिएसंगै सामुहिक कृषि खेतिले समेत सफलता पाउन थालेको छ ।
गाउँपालिकाले काडिनल जातको आलुको बिउ बितरण गरेर सामुहिक खेतिमा लागेका पूर्वखोला–६ हेक्लाङ खुमडाडाको कृषक समुहले १ क्वुन्टिल आलु रोपेर ८ सय केजी बढी आलु उत्पादन गरेका हुन् ।
उक्त समुहले गरेको तरकारी खेतीबाट गाउँमा नगद आय आर्जनमा सहज भएको बताउनुहुन्छ समूहका अध्यक्ष जीत बहादुर राना । २६ जाना मिलेर बर्षेनी तरकारी खेतीबाट नाम कमाउने डाडा हो खुम डाँडा यहाँ कहिले डाडै भरी तरकारी लगाएर नाम कमायकै छन उक्त उत्पादन आलुको अध्यन गर्न पुग्नु भयो प्रदेश सांसद नारायण प्रसाद आचार्य गाउँपालिका प्रशाशकीय अधिकृत भेष राज पन्त, सूचना अधिकारी मोहोन ढकाल, वडा न ६ वडा अध्यक्ष मन बहादुर सारु उहाँहरुले खेती स्थलमै गएर अध्यन गरेर उहाँ हरुलाइ हौशाला दिनुभएको छ ।
सामुहिक खेति अनुगमनको क्रममा प्रदेश सांसद आचार्यले कृषकको समस्या समाधानका लागि आफूले गाउँ, प्रदेश र केन्द्रसम्म पुगेर भएपनि सहयोग गर्ने बताउनुभयो ।