X
0
Shares

सत्यवतीको सूर्यविनायक सहकारीको स्थापना दिवश

अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १३:३७

दिल बहादुर गाहा पाल्पा १६ चैत । जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा न ८ सत्यवती खुर्साने स्थित सुर्य विनायक बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवश तथा नबौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।

२०६६ साल चैत १५ गतेका दिन वर्तमान अध्यक्ष प्रेम बहादुर घिमिरेको विशेष पहलमा २५ जना शेयर सदस्यबाट स्थापना भएको सहकारी संस्थामा हाल कुल ४३ जना शेयर सदस्य र प्रति सेयर सदस्य मासिक रु १ सय बचत गर्ने गरेको छ । संस्थाका अध्यक्ष प्रेम बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लेखापाल देब बहादुर गाहाले कुल ७ लाख, ३८ हजार बराबरको आय व्यय प्रस्तुत गर्नुभएको थियोे ।

यस सहकारी संस्थाले सस्तो पसल सञ्चालन, सहुलियत रुपमा कर्जा लगानी, नियमित बचत, लगायत विभिन्न रचनात्मक कार्य गर्दै आइरहेको संस्थाका अध्यक्ष घिमिरेले रानीमहल लाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys