X

तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन कर्णाली प्रदेशको दैलेखमा

अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १३:२८

सीता डाेटेल दैलेख १६ चैत । कर्णालीको किनार पर्यटकीय राकम कर्णालीमा चलिरहेको सम्मेलनमा नेपालका पुर्व ताप्लेजुङ देखि कन्चरपुर सम्मका विभिन्न नदीका नदि संरक्षक सहित बिभिन्न देशका अनुसन्धान कर्ता सहभागी रहेका छन् ।

नदि किनारमा टेण्टमा बसेर झण्डै २५० बढी सहभागीले नदीको मौलिकता, संरक्षण, आर्थिक समृद्धिका लागि नदीको उपयोगीताका बिषयमा छलफल अन्तरक्रिया गरेका छन् । यसमा चुनौती, संरक्षणको तरीका, प्रक्रिया र आम नागरिकको सहज जीवन संग जोडेर नेपाली र विदेशी अनुसन्धानकर्ताले लामो समय लगाएर गरेको बिषय प्रस्तुत बढी प्रभावकारी भएको सहभागीहरुले बताएका छन ।

कालीगण्डकीको महत्व दर्शाउदै यहाको सम्भावना अबसर र काम गर्ने प्रक्रियामा सहजीकरणका लागि नदीका बिज्ञहरु संग रामपुरको नेतृत्वमा गएको टोलीले भेट गरि आफ्नो प्रस्तुति प्रस्तुत गरेको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो ।

टोलीमा रानपाका प्रमुख थापा, चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरी, कालीगण्डकी उपत्यका बिकासका अभियान्ता शान्त बहादुर श्रेष्ठ, घिरिङसुन्धारा गाउपालिका तनहुका उपाध्यक्ष सरस्वती सिग्देल लगायतका सहभागी रहनुभएको छ । सम्मेलन नदी राकम कर्णाली घोषणा पत्र जारी गर्दै आइतवार सकिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys