X
0
Shares

पाल्पामा नेल्टा कार्यशाला सम्पन्न

अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १३:२२

गोपाल प्रसाद वश्याल, चैत १६ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पा शाखाले सन् २०१९ को रणनैतिक योजना निर्माण, राष्ट्रिय सम्मेलनको समिक्षा, कार्यशाला सञ्चालन तथा बधाइ ज्ञापन कार्यक्रम आज तानसेनमा सम्पन्न गरेको छ ।

शाखा अध्यक्ष खेमबहादुर सारुले प्रस्तुत गरेको रणनैतिक योजनामा विभिन्न स्थानीय तहहरूको सहकार्यमा शिक्षक तालिम सञ्चालन, सदस्यहरूको क्षमता विकास तालिम र विद्यार्थीका सिर्जनात्मक क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने र कार्यालय ब्यवस्थित गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा नेल्टा ५ नं. प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद वश्यालले परियोजना कार्यमा आधारित सिकाइ शैली तथा नेल्टाका आजीवन सदस्यहरू प्रेमकुमारी थापा र इना रानाले विद्यार्थीको सिर्जनशीलताको लागि मनोवैज्ञानिक क्रियाकलापमा आधारित शिक्षण सम्बन्धी कार्यशाला सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा हालै हेटौंडामा सम्पन्न नेल्टा राष्ट्रिय सम्मेलनका सहभागीहरूबाट कार्यक्रमको समीक्षा प्रस्तुत गर्दै सम्मेलनमा वरिष्ठ प्राध्यापकहरूका साथै विभिन्न कङ्करेन्ट कार्याशालाका सिकाइ अनुभव सुनाइएको थियो ।

विभिन्न विद्यालयका २५ जना शिक्षकको सहभागिता रहेको कार्यक्रममा हालै शिक्षक सेवामा उतीर्ण अंग्रेजी भाषा शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ५ नं. प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद वश्यालले नेल्टाले शिक्षक विकास तथा कक्षा शिक्षणका लागि विभिन्न सामग्रीको विकास, शिक्षक तालिम र अन्य विशेषज्ञ सेवा प्रदान गर्ने भएकाले त्यस्को फाइदा लिंदै पेशागत विकास र अंग्रेजी भाषा शिक्षणमा योगदान गर्न आव्हान गर्नुभयो ।
कार्यक्रम नेल्टा पाल्पाका अध्यक्ष खेमबहादुर सारुको अध्यक्षता र सचीव हरि प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys