X

पत्रकार महासंघको ६४ औं स्थापना दिवश पाल्पामा पनि मनाइयो

अमृत अधिकारी || १६ चैत्र २०७५,शनिबार १३:१४

रानीमहल, पाल्पा, १६ चैत । नेपाल पत्रकार महासंघको स्थापना दिवशको अवसरमा पाल्पामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
केन्द्रको ६४ औं स्थापना दिवशको अवसरमा तानसेनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले लोकतन्त्रको स्थापनामा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले अभिव्यक्ति स्वतन्त्रता सबैको अधिकार भएकोले पत्रकालाई समाचार लेखेकै भरमा झुटा मुद्धा लगाउने, कुटपिट गर्ने घटना बढ्दै गएको प्रति दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पाल्पाका सचिव राजेन्द्र विश्वकर्मा, जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, रिव्दिकोट गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसी, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, पूर्व सभापति झपेन्द्र गहिरे, गोविन्द भट्टराई, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, पत्रकार माधव अर्याल, दलित अगुवा ठाकुर लोहागुन लगायतले पत्रकारिता र पत्रकारको भूमिका बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताले पछिल्लो समयको प्रेस र पत्रकार माथीको आक्रणको निन्दा गर्दै दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गर्नुभयो । शाखा अध्यक्ष राजेश कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव किरण कौशलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys