निस्दी अर्चलेमा आधारभूत सहकारी व्यवस्थापन तालिम शुरु
अमृत अधिकारी || १५ चैत्र २०७५,शुक्रबार १२:०७
होम राई मगर पाल्पा, १५ चैत । निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चले पाल्पामा सहकारी व्यवस्थापन सम्बन्धि २ दिने आधारभूत तालिम आजबाट शुरु भएको छ ।
देउराली सामुदायिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि निस्दी–६,अर्चले, पाल्पाको आयोजनामा संचालन भएको तालिमको उद्घाटन निस्दी गाउँकार्यपालिका,पाल्पाका सदस्य मिम्श्री बयम्बुले गर्नुभएको हो ।
संस्थाका अध्यक्ष टेक बहादुर सोमैले तालिमको उद्देश्य माथि प्रकाश पार्नुभएको उद्घाटन शत्रमा निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चलेका वडा सदस्य कृष्ण बहादुर सोमै, अतिरिक्त हुलाक कार्यालय अर्चलेका प्रमुख तोल बहादुर राई लगायतकाले तालिमको आवश्यकता र महत्व बारे बोल्नुभएको थियो ।
अर्चले भित्र रहेका १७ वटा सामुदायिक बिकास समितिका ४१ जना प्रतिनिधिहरुको सहभागिता रहेको तालिमको सहजीकरण जिल्ला सहकारी संघ पाल्पाका सचिव भूपति पाण्डेयले गर्नुभएको छ । तालिमको पहिलो दिन आज सहकारीको आवश्यकता, फाइदा, मूल्य र मान्यताबारे सहजीकरण गर्नुभएको छ ।
संस्थाका उपाध्यक्ष महेन्द्र बयम्बुको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक अर्जुन बयम्बुले गर्नुभएको थियो ।