X
0
Shares

पूर्वखोलामा वन डढेलो तथा व्यवस्थापन सम्बन्धि गोष्ठी

अमृत अधिकारी || १५ चैत्र २०७५,शुक्रबार ११:२०

डिल्लिराज पंगेनी पाल्पा, १५ चैत । पूर्वखोला गाउँपालिकाको सहकार्य र पूर्वखोला बन महासघको आयोजनामा एक दिने वन डढेलो तथा व्यवस्थापन सम्बन्धि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

गोष्ठीका प्रमुख अथिती प्रदेश न ५ सांसद नारायण प्रसाद आचार्यले हरियो वन नेपालको धन भएकाले वन लाइ जोगाइ अ्मुल्य जडिबुडिको संरक्षण गर्न आग्रह गर्नुभयो । वन र जंगलको संरक्षणमा स्थानीय निकायका सामुदायिक वन अध्यक्ष तथा महासघलाइ आग्रह गर्दै सांसाद आचार्यल त्यसको लागि आफ्नो समेत सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, वन महासघ केन्दीय सदस्य कृष्ण श्रेष्ठ, प्रदेश न ५ वन महासघ सद्स्य बिन्दु श्रेष्ठ लगायतले वन संरक्षणमा स्थानीय जनता र उपभोक्ता समितिहरु बढी जिम्बेवार रहने बताउदै यसको संरक्षण गर्न लागि पर्ने बताउनु भयो ।

कार्यक्रम पूर्वखोला वन महासंघका अध्यक्ष कृष्ण प्रसाद पंगेनीको अध्यक्षता, सीमा श्रेष्ठको स्वागत र सम्झना डोटेलको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा ६५ जाना को सहभागी रहेको कार्यक्रमको सहकार्य साहेक वन अधिकृत प्रदेशिक चौधरीले गर्नु भएको थियो । कार्यक्रममा अथितिहरुलाइ पातबाट बनेको ब्याज वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys