X

निस्दीको मित्यालमा डेढकराेडकाे प्रहरी चौकी भवन बन्दै

अमृत अधिकारी || १५ चैत्र २०७५,शुक्रबार ११:०९

धनबहादुर ठाडा पाल्पा, १५ चैत । जिल्ला सदरमुकामबाट दुुर्गममा रहेको निस्दी गाउँपालिका मित्यालमा प्रहरी चौकीको भवन निर्माण सुरु भएको छ ।
दुर्गमका जनतालाई शान्ति सुरक्षाको व्यवस्थापनको लागि लामो समयदेखि अस्थायी प्रहरी पोष्टमा रहेको प्रहरीको १० कोठे प्रहरी चौकी भवन निर्माण हुँदै गरेको हो । स्थापना देखि भाडामा बस्दै सेवा दिँदै आएकोमा अहिले नेपाल सरकारको करिब १ करोड ५० लाखको लागतमा भवन बन्ने भएको हो ।

प्रहरी कार्यालय गौरीशंकर माध्यमिक विद्यालय मित्यालको छात्रबासमा बसेर सेवा दिँदै आएको र आफुहरुलाई धेरै खालको समस्या भएको रुक्सेभन्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गिरबहादुर थापाले बताउनुभयो ।

निर्माण सम्बन्धि कामको जिम्मा रेग्मी कन्ट्रक्सन प्रालि रामपुर पाल्पाले लिएको छ । आफ्नै सुबिधा सम्पन्न ३ तलको १० कोठे भवन बनेपछि कार्यालय संचालन र प्रशासनीक कार्यमा समेत धेरै सजिलो हुने निरीक्षक थापाले रानीमहललाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys