X

एसियन तेक्वान्दो खेल्न नेपाली टोली मलेशिया प्रस्थान

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १४:४३

बिष्णु पाण्डेय पाल्पा १४ चैत । शुक्रवारदेखि ३ दिनसम्म मलेशियाको सेल्नगरमा हुने प्रथम प्रशान्त एशियन तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली विहिवार मलेशिया प्रस्थान गरेको छ ।

७ जना खेलाडी सहित १३ सदस्यीय नेपाली टोलीलाई आज सांसद् तथा श्रम मन्त्री गोकर्ण विष्ट र राखेपका उपाध्यक्ष पिताम्बर तिािल्सीनाले छुटाटटै बिदाई गर्नुभएको छ ।

बिदाई गर्दै उहाँहरुले खेलाडीलाई सफलताको शुभकामना दिनुभएको छ । साथै पदक सहित फर्कन सफल हुनेमा आफुहरु विश्वस्त रहेको बताउनु भएको छ । अहिलेको नेपाली टोली निकै अब्बल रहेको र पदक लिएरै फर्कनेमा आफु ढुक्क रहेको नेपाली टोलीका प्रशिक्षक बिकल पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो हामीले बिगत ८ महिना देखि प्रशिक्षण दिईरहेका छौ, खेलाडीको मनोबल पनि उच्च छ ।

पदक जितेर नै आउने छौ । खेलमा ३२ देशका १७ सय खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys