X
0
Shares

तानसेनको प्रभासमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १४:१७

रानीमहल पाल्पा, १५ चैत । तानसेन नगरपालिका वडा नं. ७ प्रभासमा यहि चैत २२ देखि बैशाख २ गतेसम्म पाल्पा वंशगोपाल कृषि पर्यटन तथा सांस्कृतिक मेला हुने भएको छ ।

वाँसटारीमा रहेको बाघखोर खेलमैदान निर्माणमा सहयोगार्थ वंशगोपाल युवा क्लव र औधोगिक शान्ती नेपाल संस्थाको आयोजनामा ‘युवा एकतालाई बलियो पार्दै सामाजिक विकासमा हातेमालो गरौं’ भन्ने नारा साकार पार्न तानसेन वाँसटारीमा मेला आयोजना गरिने भएको हो ।

११ दिन सम्म संचालन हुने मेलामा खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा सांस्कृतिक प्रस्तुति रहने मूल आयोजक समितिका संयोजक प्रदिप खनालले रानीमहललाई बताउनुभयो ।

मेलामा दैनिक प्रयोगमा आउने उपभोग्य सामाग्री, खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा तथा हस्तकलाका सामाग्रीहरु, अटोमोवाईल, इलेक्ट्रिक सामाग्रीहरु, बाल उद्यान, रोटे पिङ, मारुती सर्कस, कोलम्बस, जादु, चिडियाघर तथा बालबालिकाका लागि खेल्न उपयोगी सामाग्रीहरु लगायतका २ सय ५० बढी स्टल राखिनेछ ।

मेलामा पाल्पा, स्याङजा, गुल्मी, रुपन्देही, अर्घाखाची लगायतका जिल्लाहरुबाट ५० हजार बढी दर्शकहरु आउने तथा १० करोडको कारोवार हुने लक्ष्य रहेको मूल आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys