X

तानसेन १ का किसानलाइ तरकारीको विउ वितरण

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १३:४८

रानीमहल पाल्पा, १५ चैत । तानसेन नगरपालिका वडा नं. १ मा गठन भएका वडा स्तरीय टोल विकास संस्थाका सदस्यहरुलाई उन्नतजातका तरकारीको विउ वितरण गरिएको छ ।

तानसेन नगरकार्यपालिका प्रमुख अशोक कुमार शाहीको प्रमुख आतिथ्यमा यस वडामा गठन भएको वडा स्तरीय टोल समन्वय समितिको सहकार्यमा २० वटा टोल विकास सस्थालाई तरकारीको बीउ विजन वितरण कार्यक्रम गरिएको हो ।

तानसेन नगरपालिका वडा नं. १ को आर्थिक सहयोगको विउ वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले तरकारी उत्पादनबाट घरको आय स्तरवृद्धि संगै स्वावलम्बी बन्नमा सहयोग पुग्ने बताउनुभयो । उहाँले महिलालाई घरायसी कामसँगै तरकारीको व्यवसायीक खेतिमा लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष पोषकान्त बस्याल, वडा सदस्य नारायण न्यौपाने, कार्यापालिका सदस्य शशि श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys