X
0
Shares

रिव्दिकोट गाउँपालिकाद्वारा अनुदानमा ट्रयाक्टर वितरण

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १३:२०

भुवन रायमाझी पाल्पा, १४ चैत । रिब्दीकोट गाउँपालिका १ ख्याहा पाल्पाका ५७ वर्षय गिरिराज पाण्डेसेतै फुलेको कमाल संगै हसिलो र जागरिलो उनुहार सहित गाउँपालिकाले अनुदानमा बितरण गरेको हाते ट्याक्टर लिन आउनु भएको थियो ।

दिन भर लाएर गोरुको साहेतामा खेतवारी जोत्न परेको कुरा सुनाउदै अबका दिनमा भने एक दुई घन्टामा आफ्नो खेत बारी जोत्न सकिने बताउदै गाउँ पालिकाले किसानको हितमा काम गरेको बताउनु भयो ।

पाण्डे जस्तै विभिन्न वडाबाट हाते ट्याक्टर लिन आएका किसानहरु खुसी भएका थिए । नेपाल कृषि प्रधान देश हो । कुल आएको ६८ प्रतिशत कृषिले ओगटेको छ ।
यसरी कृषिमा निर्भर रहेको हाम्रो देश व्यवसायिक कृषि तर्फ अझ पनि उन्मुख हुन सकेको छैने । अझ पनि देशमा मानिसवाट कार्य सम्पादन भैरहेको छ । मानिसले काठे हलोको प्रयोगवाट वारी खनजोत गरिरहेका छन ।

किसानहरुको यस्तै समस्यालाई मध्यनजर गरेर रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा रिब्दीकोट गाउँपालिका भित्रका २५ जना किसानाहरु लाई कृषिलाई व्यवसायिक र यान्त्रिकरण गरेर छिटो छरितो रुपमा काम सम्पन्न गराउन र उत्पादनमा वृद्धि गरी उत्पादन लागत कम गरि नाफामूलक तथा व्यवसायीक कृषि उत्पादनमा सहयोग गर्ने पनि आधुनिक टयाक्टर बितरण गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीको भनाई छ ।

नेपाल सरकारले कृषिमा यान्त्रीकरणका लागि कृषि औजारहरु बितरण गरेर कृषकहरु लाई सहज बनाउने लक्ष्यका साथ योजना ल्याएको कारण रिब्दीकोट गाउँ पालिकाले पनी कृर्षीमा ब्यावसायीकता ल्याउन ६ लाख ३२ हजारको लगानी मा गाउँपालिका ब्यावसायीक किसानहरुंर ५० प्रतिशत अनुदानमा आधुनिक ट्याक्टर वितरण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले सय थान प्लाष्टिक टनेल र दस थान मल्चिङ समेत किसानहरु लाई बितरण गरेको हो । गाउँपालिकाले हरेक योजनाहरु किसानको हित हुने कुरामा ल्याएको कारण गाउँ पालिका प्रति स्थानीय जनताहरु सकारात्मक देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys