0
Shares
निस्दी अर्चलेको बोगादी खोलामा कुलो निर्माण
अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १२:४७
होमराई मगर पाल्पा, १४ चैत । निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चलेको बोगादी ओलामा पक्की कुलो निर्माण गरिएको छ । पक्की कुलो नहुँदा वर्षात तथा हिउँदमा समस्या हुँदै आएकोमा निस्दी गाउँपालिका पाल्पाको ५ लाख आर्थिक सहयोगमा बोगादी खोलामा कुलो निर्माण कार्य गरिएको हो ।
यहाँ कुलो बनेपछि हिउँद तथा वर्षातमा समेत सिंचाईलागि सहजता प्रदान हुने स्थानीयले जनाएका छन् ।