निस्दीकाे रेचेघाटमा पक्की पुल बनाउन अध्ययन
अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १२:४३
होम राई मगर पाल्पा, १४ चैत । निस्दी गाउँपालिका अर्चले पाल्पा र पूर्वखोला गाउँपालिका १,सिलुवा पाल्पाको बिचमा रहेको निस्दीखोलाको रेचेघाटमा अब पक्की पुल बन्ने भएको छ ।
स्थानीय सडक (पुल सहयोग एकाइ) का ओभरसियर सरोज भुसालको प्रविधिक टोलीले विस्तृत योजना प्रतिवेदनकाे अध्ययन सुरु गरेका छन् । यहाँ पुल बनेपछि यस क्षेत्रका आधा दर्जन बढी वडाका नागरिकहरु लाभावित हुनेछन् ।
पुल नहुँदा यहाँका स्थानीयहरू वर्षातकाे समयमा कष्टकर जीवन यापन गर्दै अाएका छन् ।