X

निस्दीको अर्चलेमा मातृ शिशु पोषण सम्बन्धि तालिम

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १२:३६

होमराई मगर पाल्पा, १५ चैत । निस्दी गाउँपालिका वडा नम्बर–६,अर्चले, पाल्पामा महिला स्वास्थ्य स्वयम् सेविकाहरुका लागि मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धि दुई दिने तालिम दिइएको छ ।

बेस नेपाल, सुआहारा कार्यक्रमको आयोजनामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीकाहरु र अन्य गरी १३ जनाको सहभागिता रहेको थियो । तालिममा बेस नेपाल सुआहरा कार्यक्रमका फिल्ड सुपरभाइजर भगीसरा सुनारी र अर्चले स्वास्थ्य चौकी निमित्त प्रमुख देवती रानाले सहजीकरण गर्नुभएको हो । तालिममा गर्भवती, किशोरी र बाल्यकालिन पोषण र मातृ पोषण सम्बन्धि जानकारी गराइएको थियो ।

तालिम समापन कार्यक्रम स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys