X
5
Shares

जापान–कोरिया भन्दा गाईपालनबाट मनग्य आम्दानी गर्दै रिजाल

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार १२:१०

सुमन कार्की पाल्पा, १४ चैत्र । मिहनत लगन र परिश्रम गरेपछि त्यसको नतिजा राम्रै हुन्छ, तर यसको अलावा धैर्यता र निरन्तरताले मानिसलाई अझ उद्देश्य पुरा गर्न महत्वपूर्ण भुमिका खेलीरहेको हुन्छ । त्यस्तै एक उदाहारण बन्नुभएको छ, रिजाल पशु विकास फार्मका संचालक सुकदेव रिजाल ।

तानसेन नगरपालिका ९ टिन्टीआप पाल्पाका सुकदेव रिजाल यही फार्ममा गाईसँगै रमाउन थालेको पनि झण्डै ७ वर्ष पुरा भएको छ । २०६८ सालमा रिजाल पशु विकास फार्मबाट गाई पालन सुरु गरेर रिजालले अहिले दुध विक्रीवाट मासिक ५ लाख सम्म आम्दानी गर्न सफल भएका छन् ।

उहाँले गाईपालनबाट जापान र कोरियाभन्दा बढी स्वदेशमै मनग्य आम्दानी गर्न सकिदो रहेछ भन्ने राम्रो उदाहारण दिनुभएको छ । विदेश जाने योजना बनाएका रिजालले विदेश जान लाग्ने लागत गाईपालनमा लगानी गरेर गाई पालन सुरु गरेका हुन । एउटा गाईबाट यो व्यवसाय सुरु गरेका रिजालले मेहनत गरे विदेशको पैसा स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहारण दिएका छन् ।

उहाँकोे फार्ममा अहिले ६५ वटा गाई पुगेका छन् । ती मध्ये ४८ वटा गाई दुहुना छन् । दुधसँगै वर्षेनी गाईको संख्या पनि बढ्दै गएको रिजालको भनाई छ । अहिले प्रतिदिन ३ सय ५० देखि ४ सय लिटर दुध बिक्री गर्ने गरेको र यसबाट मासिक ५ लाख आम्दानी हुने गरेको रिजाले बताउँछन् । यहाँ उत्पादन हुने दुध डुम्रे दुग्ध सहकारी मार्फत विक्री गरिन्छ । सहकारीले किसानले उत्पादन गरेका दुध प्रतिलिटर ५० रुपैयाँका दरले लिने गरेको छ ।

रिजालले यस फार्ममा ४ जनालाई रोजगार समेत दिएका छन् । कर्मचारी, आफू र श्रीमतीे विहानदेखि साँझसम्म गाईको स्याहार सुसारमै व्यस्त रहन्छन् । ६ रोपनी जग्गामा उन्नत जातको घाँस समेत लगाएका छन् । गाई पालनबाट परिवार सन्तुष्ट भएको र गाई पालनले राम्रो फाईदा दिन थाले पछि यसैमा रमाएको सुकदेवकी श्रीमती सीता रिजाल बताउनुहुन्छ । गाई पालन गरे ४० देखि ५० हजार कमाउन कै लागि विदेश जानु नपर्ने उहाँको भनाई छ ।
किसानलाई बेला बेलामा सरकारी अनुदान, तालिम, आवश्यक प्राविधिक सहयोग दिन सकियो भने किसान यस प्रति थप आकर्षित गर्न सकिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys