X
0
Shares

तानसेन श्रीनगरको भ्यूटावर चिटिक्क !

अमृत अधिकारी || १४ चैत्र २०७५,बिहीबार ११:१२

रानीमहल पाल्पा, १४ चैत । तानसेनको श्रीनगरमा रहेको भ्यूटावरको निर्माण सम्पन्न भएसँगै चिटिक्क परेको छ । श्रीनगरमा रहेको भ्यू टावर ठेकेदारको लापरवाहीले लामो समयदेखि अलपत्र रहेको थियो । अहिले स्थानीय सरकारले त्यसको निर्माण सम्पन्न गर्नमा ताकेता गरेपछि भ्यू टावरले रुप फेरेको हो ।

ठेकेदारलाई कारवाही गरी उपभोक्ता समिति मार्फत काम भएपछि अहिले भ्यूटावरको रुप फेरिएको भ्यूटावरका व्यवस्थापक प्रेम शाहीले बताउनुभयो । शाहीका अनुसार आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने उद्देश्यले निर्माण गरिएको भ्यू टावरको रंगरोगन र मर्मत संभार, तारवार, गेट लगायतको काम सकिएको छ ।

९ तले भ्यूटावरबाट अन्नपूर्ण हिमश्रृङ्खला, माछापुच्छ«े लगायतका हिमालहरु उत्तरतर्फ देख्न सकिन्छ भने दक्षिणमा माडी फाँट, तानसेन बजार र तराईका भूभागको साथमा गोरखपुर सम्मको दृश्य अवलोकन गर्न सकिनेछ ।

भ्यूटावर हेर्न अहिले दैनिक सय भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको उपभोक्ता समितिका अध्यक्ष धनिश्वर बस्यालले बताउनुभयो । उहाँका अनुसार श्रीनगरको मुख्य आकर्षक केन्द्रको रुपमा भ्यूटावरलाई विकास गर्ने गरेर काम भइरहेको बताउनुभयो । भ्यूटावरमा लिफ्टको समेत व्यवस्थापन गर्ने गरेर काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys