लडाइमा हारेपनि ब्रिटिशले हामीलाई कागजमा हराए : मन्त्री गिरी
अमृत अधिकारी || १३ चैत्र २०७५,बुधबार १५:५७
रानीमहल पाल्पा, १३ चैत । प्रदेश पाँचका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरीले अझैपनि नेपाली पराश्रीत भएर बाँच्न बाध्य भइरहेको बताउनुभएकाे छ । तत्कालिन व्रिटिस सरकारले हाम्रा पुर्खालाई लडाईको मैदानमा भौतिक रुपमा हारेपनि वुद्धिको लडाइमा जित्ने गरी उसले आफ्नो पासामाथि पारेको उहाँले स्मरण गर्नुभयाे ।
रिब्दीकोट गाउँपालीका, वडा नम्बर चारको कार्यालय र भैरवनाथ मन्दिर व्यवस्थापन समिति भैरवस्थान पाल्पाको संयुक्त आयोजनामा संचालन भएको सप्ताहव्यापी धार्मिक, ऐतिहाँसिक, साँस्कृतिक तथा स्थानीय भेषभुषा, कला सांस्कृतिक झाँकी प्रर्दशनी कार्यक्रमको बुधबार समापन समारोहमा उहाँले भन्नुभयाे अझैपनि केही विकसित मुलुकले यो वा त्यो वहानामा नेपाललाई परनिर्भर नै हुन बाध्य पारेको छ।
लडाइमा हारेपनि कागजमा जितेको देखाएर हाम्रा पुर्खाहरुको वुद्धि भुटिदिएका थिए उहाँले भन्नुभयाे जसले गर्दा नेपालीको अवस्था अझैपनि उस्तै छ। व्रिटिसले भन्यो तपाइहरुले उद्योग धन्दा गर्न जरुर छैन, सानातिना काम गर्न जरुरी छैन ।
तपाईहरुलाई चाहिएको जे चिजपनि हामीले दिन्छौ, तपाइको बेरोजगारीको समस्या समाधान पनि हामी गर्छौ मन्त्री गिरीले भन्नुभयाे हाम्रा पुर्खाहरुलाई लाहुरे बनाउने शिलशिला सुरु गराएदेखि त्यो शिलशिलाबाट हामी आजसम्म पनि पराश्रीत भएर बाँच्न बाध्य छौ।
नेपालीले साना उद्योगहरु, व्यवसायहरु, आफ्नो खेतीपाती गर्दैतस विकास गर्दै जाने क्रममा आफुहरुसँग प्रतिस्पर्धा गर्ने वहादुरी ठाउँमा पुग्छन भन्ने डरले अझैपनि विदेशी शक्तिले नेपालीलाई आत्म निर्भर हुन नदिने षडयन्त्र गरिरहेका छन् उहाँले भन्नुभयाे ।
नेपालमा पुरातात्वीक, साँस्कृतिक सम्पदाहरु विशाल छन् त्यसलाई पर्यटनको विकास गर्न सके हाम्रो हित नचाहने शक्तिलाई जित हुनबाट रोक्न सकिने मन्त्री गिरीले बताउयनुभयाे ।
राजनितिक लडाइ समाप्त भएको छ, अब हामी सबै नेपाली यो मुलुकका मालिक भएका छौ उहाँले भन्नुभयाे अब नागरिक र मुलुकको सम्पन्नता प्राप्त गर्नको लागि सबै निकायका गतिविधि यसमा केन्द्रित गर्नुपर्छ। कृषिमा आधारित हामी नेपाली मालिक भएपनि अर्वौको तरकारी विदेशबाट आयात गर्नुपर्ने अवस्था हटेको छैन् यो दुःखद कुरा हो मन्त्री गिरीले बताउनुभयाे ।
कुनैपनि मुलुक हतियार विक्री गरेर, पेट्रोल विक्री गरेर र पयर्टनको विकास गरेर धनि बनेका गरेका छन् । उहाँले पाल्पामा रहेको रानीमहललाई ताजमहलको रुपमा विकास गर्ने, रुरुधाम क्षेत्रलाई अझै विकास गर्ने र सँगसँगै भैरवस्थान मन्दिरलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ प्रदेश सरकारले योजना बनाएको जानकारी दिनुभयाे ।
कार्यक्रममा प्रदेश सभा सदस्य तुलाराम घर्तीमगर बसन्त, वीरबहादुर राना, रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण जिसी, प्रमूख जिल्ला अधिकारी मनाेहप्रसार रेग्मीलगायतले शुभकामना मनतव्य राख्नुभएकाे थियाे ।