बुटवलकाे मैनाबगरमा गाेली हानी एक जनाकाे हत्या
अमृत अधिकारी || १३ चैत्र २०७५,बुधबार १५:४४
रानीमहल बुटवल, १३ चैत । बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा गोली चल्दा एकजनाको मृत्यु भएको छ ।
बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे । उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। के कारणले उनीमाथि गाेली चलेकाे हाे र कसले गाेली चलाएकाे हाे भन्ने बारेमा प्रहरीले खाेजविन गरिरहेकाे छ ।