X

लाली गुराँसले पाल्पाका ग्रामीण क्षेत्र मनमाेहक बन्दै

अमृत अधिकारी || १२ चैत्र २०७५,मंगलवार १५:२४

भुवन रायमाझी पाल्पा, १२ चैत । राष्ट्रिय फुलको रुपमा परिचित लालि गुरास फुल यति बेला पाल्पाका सामुदायिक वन जंगलमा रताम्य बनेर आफूलाई चिनाई रहेको छ ।

कतिपयले यो फुलको राम्रो फाईदा समेत लिएका छन् । बिहान बनमा पुगेर क्षेण भरैमा लालिगुरास टिप्ने र एक, दुई घन्टा बाटो कुरेपछि बाटोमा आउने गाडि र गाडिमा सवार यात्रुलाई फुल बेच्छन र आम्दानी समेत लिने गरेका छन् ।

अहिले अन्य वनजंगलमा जस्तै पाल्पाका ग्रामीण भेगका वनपाखामा लालिगुराँस फूलेपछि गाउँवस्ती नै सुन्दर देखिन थालेका छन् । पाल्पाको पश्चिम क्षेत्रका गाउँ जंगलमा ढकमक्क लालिगुराँस फूलेपछि वनपाखा गाउँ रमणीय बनेका हुन् ।

अहिले रैनादेवी छहरा गाउँ पालिकाको छहरा भुवपोखरी सोमादी मुझुङसंगै रिब्दीकोट गाउँपालिकाको कुसुमखोला पालुङमैनादी फेक लगायतका सामुदायिक वनहरुमा लालिगुरास फुलेसंगै वनै रताम्य बनेका छन् ।

लालीगुराँसले ग्रामीण सौन्दर्यता बढाउनका साथै पर्यटन आगमन र स्थानीयको आयआर्जनमा पनि सहयोग पुर्याएको गाउँ पालिका दलित समन्य समितिका अध्यक्ष महेस बरालको भनाई छ ।

उहाँका अनुसार छहरा बतासे, मेहलढाप लगाएतका स्थानमा रहेका दलित बस्तीका बिधार्थीहरुले सिजन अनुसार फुल्ने लालिगुरासको फुल बेचेर नै कापी किताप किन्ने गर्छन् । उनीहरुले १५ रुपैया देखी ५० रुपैया सम्म गुरासको फुल बेच्छन् ।

पाल्पा पर्यटकीय क्षेत्र समेत भएकोले पाल्पा उधोग वाणिज्य संघ समेत लालि गुरास फुलको संरक्षणमा लागेको पाल्पा उधोग बाणिज्य संघका सद्स्य नित्यानन्द पोखरलको भनाई छ ।

लाली गुरास फुलको महत्व सबैले बुझेर बन जंगल सगै यो फुलको पनि संरक्षण गर्न सके पाल्पा जस्तो सुन्दर र पर्यटकीय क्षेत्रमा थप पर्यटक भित्र्याउन सकिने सम्भावना बढी छ ।

छहरा, तानसेन सडक खन्डमा लालीगुरास फुल लिएर बाटोमा बसेकाे एक बिधार्थी पवन परिवार वन जंगलमा खेरा गएको फुल बिर्की गरेर र किताव कापीसंगै स्कलु जादा नास्ता खर्च बनाउने गरेको बताउँछिन् ।

गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लाभाउने गरेको छ । लालिगुरसा टिप्न र घरमा लगेर सजाउन बुटवल अन्य क्षेत्रबाट समेत गाउँतिर मानिस आउने गरेको स्थानीय भैरव माविमा अध्यन्रत एक बिधार्थी बताउँछन् ।

। लालीगुराँस फूलेका ठाउँ पाल्पा हुँदै ओहोर–दोहोर गर्ने स्थानीय पनि आकर्षित भएको पाईन्छ पाल्पामा राता र सेतो प्रजातिका लालीगुराँस पाइने गरेको जानकारहरुको भनाई छ । वनजंगल सगै राष्ट्रिय फुलको संरक्षण गर्न सके पाल्पामा थप पर्यटक भित्रने सम्भावना बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys