X

तिनाउँ गाउँपालिकामा सहकारी तालिम

अमृत अधिकारी || १२ चैत्र २०७५,मंगलवार १४:४०

रानीमहल पाल्पा, १२ चैत । तिनाउँ गाउँपालिकामा सहकारी शिक्षा, ऐन, नियम र विनियम सम्बन्धि तीन दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तिनाउँ गाउँपालिकाको सहकारी समन्वय समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा तालिम गरिएको हो ।

तालिम समापन समारोहका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँगाउँमा छरिएर रहेको पूँजीलाई एकिकृत गरेर ग्रामिण अर्थतन्त्रको विकासमा सहकारीको भूमिका गाउँमा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सहकारीले कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा लगानी गर्न सकेमा गाउँमै युवा स्वरोजगार भई वैदेशिक रोजगारीको अन्त्य गर्न सकिने बताउनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक जिल्ला सहकारी संघका सचिव भूपति पाण्डेले सहकारीको सिद्धान्त, मूल्य मान्यता, अवधारणा, नीति, नियम, कार्यविधि, सफ्टवेयर प्रयोग आदि विषयमा सहभागिलाई प्रशिक्षण दिनुभएको थियो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरु दुर्गा भण्डारी, दुर्गा खाँड, गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापा, वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठ, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष धुर्व अधिकारी, कार्यपालिकाका सदस्य मिनीसरा लम्तरी लगायतले सहकारीको विकास र ग्रामिण अर्थतन्त्रको योगदानको विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

तालिममा गाउँपालिका भित्रका २० वटा सहकारी संस्थाको अध्यक्ष र व्यवस्थापक गरी ४० जनाको सहभागिता रहेको थियो । गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष टिकाराम भण्डारीको अध्यक्षतामा र सचिव गोपाल जिसीको संचालनमा तालिम संचालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys