X
5
Shares

रामपुरमा खाद्य स्वच्छता परिचालन सम्बन्धी तालिम

अमृत अधिकारी || १२ चैत्र २०७५,मंगलवार १४:३०

सीता डोटेल पाल्पा, १२ चैत । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तानसेनको आयोजना र रामपुर नगरपालिका वडा नम्बर ५ को समन्वयमा खाद्य बस्तुको उपभोग, उपभोक्ता र बिक्रीमा अपनाउनुपर्ने सतर्कता तथा परिचालन सम्बन्धी तालिम पाल्पाको रामपुरमा चलेको छ ।

बढ्दो शहरीकरण संगै रामपुर नगरको मुख्य बजार रामपुर बजार रहेको वडा नम्बर ५ का सरोकारवाला हरुलाई तालिम दिइएको हो । तालिममा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय तानसेनका कार्यालय प्रमुख नरेश श्रेष्ठले खाद्य ऐन तथा नियमावलीका बारेमा सहजीकरण गर्नुभएको थियो ।

श्रेष्ठले सहजीकरण गर्दै खाद्य प्रविधी तथा गुण नियन्त्रण संघिय कार्यालय अन्तर्गत भैरहवाको शाखाले पाल्पा र गुल्मी हेर्न गरि गत असोजमा तानसेनमा डिभिजन कार्यालय स्थापना पश्चात खाद्य वस्तु अनुगमन जिल्लामा प्रभावकारी भएको बताउनुभयो ।

उहाँले खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले गर्दै आएका काम, खाद्य ऐन २०२३ र नियमावली २०२७ का मुख्य प्रावधान, दुषित खाद्य पदार्थ, अखाद्य पदार्थ उत्पादन, बिक्री तथा निकासी गर्नेलाई दण्ड सजाय, बजारमा अखाद्य वस्तुका लागि गरिने बजार अनुगमनका प्रक्रिया, नियम तथा आचारसंहिताका बारेमा जानकारी दिनुभएको थियो ।

वडा नम्बर ५ का २० जना सहभागी तालिममा सहभागी रामपुर बजार व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले परिक्षण गर्ने निकाय र प्रविधी नहुदा बजार अनुगमनमा नै समस्या रहेको बताउनुभयो । श्रेष्ठले पटक पटक अनुगमन भएपनी कारवाही नहुदा रामपुरमा अखाद्य वस्तु बिक्री भैरहेको बताउनुभयो ।

वर्षमा १/२ पटक गरिने बजार अनुगमनमा मुल्य सुची नै प्रायःकुनै पसलमा पाउन नसकिने यहाँको मुख्य समस्या भएकोले उपभोक्ता एउटै सामानलाई फरक फरक मुल्य तिरेर किन्नु पर्दा ठगिने गरेको तालिममा सहभागी नगिलाल पौडेलले बताउनुभयो ।

मानिसको स्वास्थ्य जस्तो गम्भिर बिषयमा कतिपय पसलेले हेलचेक्रयाई गरिरहेकोमा आफै व्यापारीले पनि उपभोग गर्ने वस्तु तर्फ पनि फर्केर हेर्नुपर्छ सहभागी विन्दु श्रेष्ठले भन्नुभयो ।

वडाध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रमका अबसरमा वडामा खाद्य स्वच्छता समिति गठन भएको छ । सहभागीबाट वडाध्यक्ष हिमाल मल्लको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys