जनमार्ग माविमा प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ गरिने
अमृत अधिकारी || ११ चैत्र २०७५,सोमबार १४:०५
डिल्लीराज पंगेनी पाल्पा ११ चैत । पूर्वखोला गाउँपालिका–१, सिलुवा जनमार्ग माध्यमिक बिद्यालयले बिराट ज्ञान महायज्ञ संचालन गर्ने भएको छ ।
बिद्यालयमा प्राविधिक शिक्षा र भौतिक पूर्वाधार ब्यस्थापन गर्नको लागि २०७६ बैशाख २३ गते देखि ३१ गते सम्म महायज्ञ गर्ने भएको छ ।
उत्त माहायज्ञ संचालका लागि १ हजार ८ सदस्यीय मूल समिति गठन गरिएकाे छ । साेमबार सिलुवामा भएकाे भेलाले स्थानीय बासिन्दाकाे सहभागितामा उक्त समिति गठन गरेकाे हाे ।
बिराट ज्ञान महायज्ञ संफल पार्नका लागि बिद्यालयले सम्पूर्ण निकायसंग छलफल गरी अगाडि बढ्ने बिद्यालयका प्रधानाध्यापक श्याम दिशाले जानकारी दिनुभएकाे छ । महायज्ञकाे प्रमूख कथावाचक बालयाेग्यश्वर महाराज रहनुहुने उक्त अायाेजक समितिले जनाएकाे छ ।