X
0
Shares

घरमै पुगेर सुरक्षा भत्ता वितरण

अमृत अधिकारी || ११ चैत्र २०७५,सोमबार १३:५१

धनबहादुर ठाडा पाल्पा, ११ चैत । निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालले गाउँ–गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

वडा अध्यक्ष न्यो बहादुर सुनारीको संयोजकत्वमा वडाका जनप्रतिनिधि र कर्मचारीहरुकाे टाेलीले सेवाग्रहीकाे घर-घरमा गएर भत्ता वितरण गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ को दोस्रो चौमासिकमा मित्यालका १४० जना जेष्ठ नागरिकलाई मासिक २ हजारका दरले ७२ जना एकल महिलालाई १ हजारका दरले भत्ता वितरण गरिएकाे हो ।

त्यसैगरी ५ जना पूर्ण अपाङ्गलाई २ हजार रूपियाँका दरले, ६ जना अंशिक अपाङ्गलाई ६ सयका दरले, ११ जना जेष्ठ दलित नागरिकलाई १ हजारका दरले वितरण गरिएकाे छ ।

यस्तै ५ वर्ष मुनिका १६ जना दलित बालबालिकालाई ४ सयका दरले बाल पोषण वितरण गरेको वडा सचिव नोल बहादुर थापाले बताउनुभयो ।

यसरी जनप्रतिनिधिहरु घर- घरमा पुगेर भत्ता पाएपछि धेरै खुशी भएको ७९ बर्षिय थमन सिं सोतीले इरानीमहललाइ बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys