X
0
Shares

माछा मार्ने क्रममा पाल्पामा करेण्ट लागेर एक जनाकाे मृत्यु, एक घाइते

अमृत अधिकारी || १० चैत्र २०७५,आईतवार १४:१०

रानीमहल पाल्पा, १० चैत । पाल्पा जिल्लामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका ७ का १९ वर्षीय इन्द्रबहादुर रानाको आईतबार मृत्यु भएको हो ।

सोही स्थानमा रहेको भर्ले खोलामा करेन्ट लगाएर माछा पार्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

करेन्ट लागे पछि उनको घटनास्थलमै मृत्यु भएको हो । रानाको पोष्मार्टमका लागि लुम्विनी अञ्चल अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै कालिगण्डकी नदीमा माछा मार्न बम हान्ने क्रममा वगनाशकाली गाउँपालिका खानीगाउँका २२ वर्षीय डोलबहादुर सारु गम्भिर घाईते भएका छन् ।

बम हान्ने क्रममा हातमा पड्कीएर घाईते भएका सारुको थप उपचारका लागि काठमाण्डौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys