तिनाउँमा नवजात शिशु र बालरोग सम्बन्धि एकदिने गोष्ठी
अमृत अधिकारी || १० चैत्र २०७५,आईतवार ०५:२३
रानीमहल पाल्पा, १० चैत । तिनाउँ गाउँपालिकामा नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन सम्बन्धि स्थानीयतहमा रहेका सरोकारवालाहरुसँग एकदिने अभिमुखिकरण छलफल गरिएको छ ।
१ दिने अभिमुखिकरण तालिम स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५ को आयोजनामा भएको हो । गोष्ठीमा गाउँपालिकाका प्रमुख, उपप्रमुख, स्वास्थ्य शाखाका कर्मचारी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य निर्देशनालय क्षेत्रिय निर्देशक दिनेश कुमार चापागाई, तालिम संयोजक भुवन कुँवर, स्वास्थ्य संयोजक रामजनम कुर्र्मीले सहजिकरण गर्नुभएको थियो ।
तालिममा नवजात शिशुको गर्भावस्था देखि दुई वर्षसम्मको अवधिमा पोशिलो खाना, स्वास्थ्य परीक्षण लगायतका विषयमा ध्यान दिन सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताइएको थियो ।
गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख सुन्दर तरामुले गर्नुभएको थियो ।