X
0
Shares

भाग्दा भाग्दै पक्राउ परेका थिए हेमन्तप्रकाश ओलीको टोली

अमृत अधिकारी || १० चैत्र २०७५,आईतवार ०३:१२

रानीमहल चैत , १० काठमाडौं । नेकपा (माओवादी) विप्लवका मध्यक्षेत्रीय कमान्डर, पार्टी केन्द्रीय प्रशिक्षण विभाग प्रमुख हेमन्तप्रकाश अ‍ोली ‘सुदर्शन’को टोली शनिबार बिहान हतियार र विस्फोटक पदार्थसहित पक्राउ परेको छ ।

अपराध अनुन्धान महाशाखाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उक्त समुहलाई खानीखोला गाउँपालिका ७ मिल्चेमा पेस्तोल र विस्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरीले दाबी गरेको छ । प्रहरी टोलीले ललितपुरको ठेचोमा सर्च गर्ने क्रममा उनीहरु भाग्न प्रयोग गरेको बा १७ च ४८९३ नम्बारको सिल्भर कलरको स्कोर्पियो गाडीको डिक्कीभित्र लुकाइरहेको अवस्थामा पेस्तोल र विस्फोटक पदार्थ फेला परेको हो ।

यो समाचार मोतीराम तिमिल्सिनाले नेपाल समाचारपत्रमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys