X

पाल्पामा माध्यमिक शिक्षा (एसइई) परीक्षाकाे तयारी पूरा

अमृत अधिकारी || ९ चैत्र २०७५,शनिबार १४:०५

रानीमहल पाल्पा, ९ चैत । पाल्पा जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षामा ३४ जना विद्यार्थीहरूले परीक्षा दिन नपाउने भएका छन् ।

वर्षभरि ७५ प्रतिशत हाजिरी नपुगेका विद्यार्थीले परीक्षामा सामेल हुन नपाउने व्यवस्था अनुसार ३५ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाले जनाएको छ । इकाइले परीक्षाकाे सम्पूर्ण तयारी समेत पूरा भएकाे जनाएकाे छ ।

भोली अर्थात आइतबारदेखि यस वर्षको एसइइ परीक्षा सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पाल्पा जिल्लामा पाँच हजार ३८ जना विद्यार्थी सहभागी हुँदैछन् ।

एक सय ११ वटा सामुदायिक, २० संस्थागत र एक खुला विद्यालय गरी एक सय ३२ विद्यालयबाट एसइई परीक्षामा विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।

सामुदायिक र संस्थागत विद्यालयबाट चार हजार नौँ सय ३६ जना विद्यार्थी नियमिततर्फ र एक सय दुई जना विद्यार्थीहरू ग्रेड बृद्धि गर्न परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

पाल्पामा सात वटा विद्यालयबाट प्राविधिक धारका विद्यार्थी समेत परीक्षामा सहभागी हुनेछन् । शिक्षा विकास समन्वय ईकाइ पाल्पाले यस वर्षको परीक्षा मर्यादित बनाउन जिल्लाभरका २६ वटा परीक्षा केन्द्रलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुबेदीले बताउनुभयो ।

जिल्लाभर नै परीक्षा शान्तिपूर्ण रुपमा गराउन निर्देशन गरिएको र सबै केन्द्रमा सुरक्षा निकाय सहित केन्द्राध्यक्ष पुगेको शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाका ईकाई प्रमूख मोतिप्रसाद शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys