निस्दीमा मगर इतिहास तथा संस्कृति पहिचान सम्बन्धि प्रशिक्षण
अमृत अधिकारी || ९ चैत्र २०७५,शनिबार १४:००
धनबहादुर ठाडा पाल्पा, ९ चैत । आदिवासी जनजाति समन्वय समिती निस्दी पाल्पाको आयोजनामा मगर इतिहास तथा संस्कृति पहिचान सम्बन्धि प्रशिक्षण कार्यक्रम मित्यालमा सम्पन्न भएको छ ।
निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा निस्दी गाउँपालिका भित्रका ८२ जनाको सहभागिता रहेको थियो । आदिवासी जनजाति समन्वय समिति निस्दीका अध्यक्ष नरबहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन र नेपाल मगर संघ प्रदेश नम्बर ५ का अध्यक्ष विमल सारुले मगर जातिको इतिहास, पहिचान, संस्कृति तथा अधिकारको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य देबिलाल लामिछाने, नेपाल कम्युनिष्ट पार्टी निस्दीका अध्यक्ष हेम वहादुर खाम्चा, नेपाल मगर संघ निस्दीका अध्यक्ष रामबहादुर पाटा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन समितिका सचिव कालुराम सारुले गर्नुभएको थियो ।