X

तिनाउँ गाउँपालिकामा डढेलो नियन्त्रण गर्न अन्तरक्रिया

अमृत अधिकारी || ९ चैत्र २०७५,शनिबार १३:५०

रानीमहल पाल्पा, ९ चैत । तिनाउँ गाउँपालिकामा गर्मिको समयमा वन जंगलमा लाग्ने डढेलो नियन्त्रणको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय झुम्सा र सामुदायिक वन समन्वय समिति दोभानको संयुक्त आयोजनामा र्याली तथा सभा गरिएको हो ।

गाउँपालिका भित्रका ८४ वटा सामुदायिक वन समूहको सहभागिता रहेको कार्यक्रम समन्वय समितिका अध्यक्ष अमर प्रधानको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पाल्पा क्षेत्र नं. २ का संघीय सांसाद सोम प्रसाद पाण्डेयले वन डढेलोबाट हुने हानी नोक्सानीबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य तुलाराम घर्तीमगरले तिनाउँको स्रोत र सम्पदाको संरक्षणमा सबै सामुदायिक वन उपभोक्ता समूह र उपभोक्ताहरु सचेत भएर लागेमा क्षति न्यून गर्न सकिने बताउनुभयो । यस्तै जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, प्रमुख जिल्ला अधिकारी मनोहर कुमार खनाल, तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, जिल्ला प्रहरी प्रमुख विश्वमणी पोख्रेल, वडा अध्यक्षहरु राजेश श्रेष्ठ, प्रेम पाण्डे, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतले वन र डढेलो सम्बन्धि आफ्ना धारणा राख्नुभएको थियो ।

डिभिजन वन अधिकृत मोहन पौडेलको स्वागतमा भएको कार्यक्रमको संचालन सामुदायिक वन समन्य समिति तिनाउँका सचिव कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys