ऐतिहासिक स्थल ‘जितगढी’मा पाणिनी पार्क बन्ने
अमृत अधिकारी || ९ चैत्र २०७५,शनिबार ०५:१५
रानीमहल बुटवल, ९ चैत । बुुटवलको ऐतिहासिक स्थल जितगढीमा पाणिनि पार्क निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करिब ५ करोडको लागतमा पार्क बनाउन लागेको हो ।
पार्कको एक समारोहकाबिच शिलन्यास गर्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेशलाइ सुन्दरीकरण गरिने जानकारी दिनुभएकाे छ ।
प्रदेशका सबै जिल्लामा ब्यवस्थित हरियाली पार्क निर्माण गरि सुन्दर शहरकोरुपमा बिकास गर्ने उहाँले जानकारी दिनुभयाे । ‘विकास निर्माण र सुन्दरीकरणका हिसाबले प्रदेशलाइ नमुना बनाउछौ ’ मन्त्री गिरीले भन्नुभयाे ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले पार्कका संरचना निर्माण गर्दा वातावरण मैत्री बनाउन सुझाब दिनुभयाे । पार्कहरु प्राकृतिक सम्पदाको संरक्षण गर्ने तरिकाले बनाउनुपर्छ उहाँले भन्नुभयाे ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबि आचार्यले नगरलाइ हरियाली शहर बनाउन बिभिन्न अवधारणा अगाडि सारेको बताउनुभयाे । पाणिनि पार्क उपभोक्ता समितिका अध्यक्ष ऋषि आचार्यले ब्याकरणका प्रणेता पाणिनि ऋषिको नाममा स्थानीयको सक्रियतामा पार्क निर्माण गर्न थालिएको उल्लेख गर्नुभयाे ।
कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष नारायण पुन, समितिका उपाध्यक्ष यम बहादुर थापा, सचिब पुनाराम घिमिरे लगायतले बोल्दै पार्क निर्माणका लागि प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयाे ।