तिनाउका किसानलाई तरकारीकाे बिउ वितरण
अमृत अधिकारी || ९ चैत्र २०७५,शनिबार ०२:५६
रानीमहल पाल्पा, ९ चैत । तिनाउ गाउँपालिका–३ अर्घाछाँपका किसानलाई निःशुल्क बेमौसमी तरकारीको बीउवितरण गरिएको छ । करेसाबारीमा हरिया जातका तरकारी खेती गर्न प्रोत्हासन गर्ने उद्देश्यका साथ यहाँका किसानहरुलाई तरकारीको बिउ वितरण गरिएको हो ।
तिनाउ गाउँपालिका र जनविकास तथा परिचालन केन्द्र पाल्पाको सहयोगमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन कार्यक्रम अन्तरगत कृषक समुहलाई बीउ वितरण गरिएको हो ।
काक्रा १ थान, करेला ३० ग्राम, प्याज ३ सय ग्राम, सीमी १ किलोग्राम, बोडी ३ सय ग्राम, खुर्सानी, भेन्डी लगायतका मौसमी तथा बेमौसमी तरकारी वितरण गरिएको हो ।
गाउँपालिकाले २० देखि ४० जनाका कृषक समुह निर्माण गरी तरकारी खेतीतर्फ आकर्षित गरेको छ । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले किसानलाई करेसाबारीमा तरकारी खेती गरी पछि व्यवसायिक बनाउने योजना रहेको बताउनुभयो ।
उहाँले हरिया सातपात, पिडालु फालेर बजारबाट महंगोमा किनेर खाने चलन रहेकोले त्यस्ता परिपाटी हटाउनुपर्ने बताउनुभयो ।