आगलागीबाट १६ घरगोठ जलेर नष्ट
अमृत अधिकारी || ८ चैत्र २०७५,शुक्रबार १४:२७
कपिलवस्तु ८ चैत्र । कपिलबस्तुको शिवराज नगरपालिका-६ पैखीबण्डामा भएको आगलागीमा १६ घरगोठ जलेर नष्ट भएका छन् । शुक्रबार दिउँशाे स्थानीय बुधई कुर्मीको गोठबाट सुरु भएको आगलागीले ११ घर र ५ गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
आगलागीले कुर्मीको १ तल्ले कच्ची घर, गोठ जलेको छ भने एउटा गाई जलेर मरेको । दुईवटा गोरु घाइते भएका छन् ।
आगलागीले स्थानीय शोनाउल्लाह मिया सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगलागी भए लगत्तै स्थानीय, नेपाल प्रहरी र बिभिन्न नगरपालिकाको दमकल आगलागीस्थलमा पुगेका थिए ।
आगलागीका कारण ५४ लाख बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभएकाे छ ।
सो आगलागीमा किताबउल्ला मुसलमान, बर्साती चमार, कोदइ कुर्मी, मन्जुर नाउँ र समिम नाउँको गोठ जलेर नष्ट भएको छ । आगलागीमा घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । आगलागीमा १ गाईको जलेर मृत्यु भएको छ भने २ वटा गोरु आगोमा परि घाइते भएका छन ।