X

जिसस पाल्पाकाे प्राङ्गढ नीजि सवारी पार्किङ् गर्ने स्थान !

अमृत अधिकारी || ८ चैत्र २०७५,शुक्रबार ०३:२४

रानीमहल पाल्पा, ८ चैत । तानसेनमा विगत केही वर्षदेखि नै सवारी पार्किङ्को समस्या बढ्दाे छ भन्ने अधिकांश मानिसलाई थाहा नै छ । सवारी पार्किङ् गर्ने पर्याप्त स्थान अभावका कारण सार्वजनिक सवारी पार्किङ्को समस्या बढ्दो छ ।

तानसेनमा अहिले सार्वजनिक सवारी पार्किङ्को समस्या मात्र होइन, नीजि सवारी पार्किङ्को समस्या पनि बढेको छ ।

यही समस्याको रुपमा जिल्ला समन्वय समितिको कार्यालय परिसरभित्र नीजि र सरकारी सवारी पार्किङ्मा थुप्रिनुलाई लिन सकिन्छ । पछिल्लाे समय दिनभर रातभर जिससको प्राङ्गढ अधिकांश नीजि सवारी पार्किङ् गर्ने थलोको रुपमा विकास भएको पाइन्छ ।

दिनहुँ जिससको पाङ्गढभित्र १५ देखि २५ वटासम्म नीजि जीप, कार, भ्यान, मोटरसाइकल पार्किङ् गरेको देखिन्छ ।

यहाँ पार्किङ् गर्नेमा अधिकांश तानसेनका स्थानीय बासिन्दा रहेको गुनासो छ । नीजि सवारीलाई व्यवस्थित रुपमा छोपेर हप्तादिन महिनादिनसम्म पार्किङ् हुन्छ जिल्ला समन्वय समितिका सूचना अधिकारी रामप्रसाद पाण्डेले भन्नुभयो ।

पाल्पा दरबारको मुख्य गेटबाट नीजि सवारी भित्र छिर्न दिएपछि हामीले पार्किङ् नगर्न भन्न मिलेन उहाँले भन्नुभयो पार्किङ्ले जिससको प्राङ्गढ नै ढाकिन्छ । हाम्राे सवारी नै निकाल्न मिल्दैन । के गर्ने प्रहरीले नै यहाँ सवारी पार्किङ् गर्न राेक्नुपर्छ ।

पुराना सडक बिस्तार नहुनु सडकका जग्गा नजिकैका घरधनीले मिचेर बनाउनु तानसेनको विगतदेखिको नै समस्या हो । अझ सडक भनेको आफ्नो नीजि सम्पत्ति हो, जहाँ जरी राँइदाईँ गरेपनि हुन्छ भन्ने मानसकिता यहाँका अधिकांश स्थानीय बासिन्दाको छ ।

व्यापार व्यवसाय वा आफ्नो नीजि स्वार्थ पूर्ति गर्नका लागि पनि यहाँ सडक मिच्ने वा सडकमा जबर्जस्ती गर्ने प्रवृत्ति हावी छ ।

नीजि स्वार्थमा प्रयोग हुने नीजि सवारी साधनको व्यवस्थापन सवारी धनी स्वयम्ले गर्नुपर्ने हो, आफ्नो घरमा एउटा सवारी पार्किङ् गर्ने थलो समेत नबनाई सडकमा पार्किङ् गर्नु ठीक होइन ।

तर पनि तानसेनका जिससको कार्यालय अगाडि र तानसेनका सडकमा सडक अबरोध गरेर छ्याप्छ्याप्ती नीजि सवारी पार्किङ् गरेको भेटिन्छ, यसको व्यवस्थापन कसले गर्ने ? तानसेन नगरपालिकाले शुल्क लिएर गर्ने की ? सवारी धनी आफैले गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys