X
0
Shares

यामाहा माेटरसाइकल तथा स्कुटरकाे नयाँ वर्ष लक्षित योजना

अमृत अधिकारी || ७ चैत्र २०७५,बिहीबार १५:४५

रानीमहल पाल्पा, ७ चैत । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ग्राहक लक्षित नयाँ आकर्षक योजना ल्याएको छ ।

ग्राहकलाइ लक्षित गरेर उक्त कम्पनीले सुनौलो २०७६ नामक योजना ल्याएको हो । योजनमा ग्राहकले प्रत्येक मोटरसाईकल तथा स्कुटर खरिद गर्दा एउटा स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्ने छन् । यसअघि पनि आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याएकाे थियाे ।

यामाहाले हरेक खरिदमा ग्राहकले नयाँ वर्ष योजना अवधिभर यामाहाका हरेक डिलरमा साप्ताहिक लक्की ड्र गर्ने, लक्की ड्रका विजेताले यामाहाको तर्फबाट सुनको सिक्का जित्न सक्ने पाल्पा जिल्लाको डिलर विक्रेता ज्ञानेन्द्र अटो वर्क्स जानकारी दिएकाे छ ।

उक्त योजनाको समयअवधि भर यामाहाले आफ्ना भाग्यशाली सात सय जना ग्राहकलाई सुनको सिक्का प्रदान गर्ने छ । ‘नयाँ वर्ष योजना’ले नयाँ वर्षको उल्लासलाई झन् बढाउने वक्सले अपेक्षा गरेको छ ।

यदि कुनै पनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कुटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कुटर खरिद गर्न सक्ने छन् । साथै ग्राहकको सेवालाई मध्यनजर गर्दै वक्सले न्युनतम व्याजदरमा फाईनान्सको समेत व्यवस्था गरेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys