रुखबाट खसेर पाल्पाको रामपुरमा एक जना बृद्धाकाे मृत्यु
अमृत अधिकारी || ७ चैत्र २०७५,बिहीबार १५:२१
सीता डोटेल पाल्पा, ७ चैत । घाँस काट्ने क्रममा रुखबाट खसेर पाल्पाको रामपुरमा एक जनाको ज्यान गएको छ ।
आफ्नै घर अगाडिको हर्रोको रुखमा चढेर घाँस झार्ने क्रममा चिप्लिएर खस्दा रामपुर नगरपालिका २ कागतीडाँडाका ७५ बर्षिय केशरी प्रसाद घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिनुभयो ।
रुखबाट लडेर घाइते भएका उनलाई उपचारका लागि रामपुर अस्पताल पुर्याइएको थियो ।
त्यहाँबाट थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ ।