संघीयता धरापमा पारेर देश संकटमा लान खोजेको आरोप
अमृत अधिकारी || ७ चैत्र २०७५,बिहीबार १५:०५
रानीमहल पाल्पा, ७ चैत । नेपाली कांग्रेस पाल्पाका सभापति एवं ५ नं. प्रदेशका प्रदेशसभा सदस्य वीरबहादुर रानाले केपी ओली नेतृत्व सरकाले संघीयता धरापमा पारेर देश संकटमा लान खोजेको आरोप लगाउनुभएकाे छ ।
नेपाली कांग्रेस रेैनादेवी छहरा ४ पाल्पाले आयोजना गरेको कृयाशिल सदस्यता बितरण तथा सम्मान कार्यक्रम यो कुरा बताउनुभएकाे हाे । दुई तिहाईको सरकारले बिप्लबलाई प्रतिबन्ध लाएर गल्ती गरेको भन्दै सिके राउतलाई संरक्षण र बिप्लबलाई पाखा लगाएर देश द्वन्द्वमा लान खोजेको आरोप समेत लगाउनुभयाे ।
नेपाली कांग्रेस रैनादेवी छहराका सभापति बिष्णु पोखरेलको सभापतित्व रहेको कार्यक्रममा प्रदेश सांसद तथा नेपाली कांग्रेस पाल्पाका सभापति रानाको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका पूर्व केन्द्रीय सदस्य राजन पन्त, क्षेत्रीय सभापति राम बहादुर कार्की, कांग्रेसका नेता रामबहादुर कार्की, नेपाल ट्रेड युनिएनका जिल्ला अध्यक्ष लक्ष्मण रायमाझी, महाधिबेसन प्रतिनिधि नल बहादुर राना, युवा नेता शंकर रायमाझी, नेपाल तरुण दलका प्रतिनिधि पुस्कर पोखरेल लगायतका नेताले शुभकामना मनत्ब्य राख्नुभयाे ।